अजय स्याङ्तानको निर्देशनमा बनेको तामाङ चलचित “म्युङ पुजु ´´को छायांकन अन्तिम चरणमा ।
June 27, 2019 | | 5:23 pm

तामाङ आवाज/ काठमाडौं ,

तामाङ भाषाको चलचित्र “म्युङ पुजू” अर्थात् तिखो काँडाको छायांकन लगभग अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएका छन । यो चलचित्र घमण्डपनले गर्दा आफ्नै परिवारमा कसरी फाटो आउँछ भन्ने कहानीको रुपान्तरणलाई दर्शकहरुले हेर्न पाउनेछन् ।

प्रमुख पात्रको रुपमा नायकको भुमिकामा प्रेम गोले तामाङ, ईश्वर लामा तामाङ तथा नायिकामा सुस्मा मोक्तान र डोल्मा तामाङ रहेको छ । कान्छीमाया गोलेको निर्माणमा बनेको म्युङ पुजूमा आमाको भुमिका समेत उनैले निभाएका छन । साथै भुईसल लामालाई समेत मुख्य पात्रको रुपमा देखिने छ ।

अजय स्याङ्तानको निर्देशनमा बनेको यस चलचित्र
तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा बनाएका हुन । बिक्रम मोक्तानले छायांकन गरिरहेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ र सुरेस वाईबा तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै अन्य कलाकारहरुमा वीर बहादुर स्याङ्तान तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

चार वटा गित संगित समेटिएको चलचित्र म्युङ पुजूमा निमा दोङ र प्रयास दोङको संगित रहेको छ भने इन्दिरा गोले, विशाल काल्तान, जितु लिप्चन र सुरेश लामाले आवाज भरेका छन । चलचित्रको सबै गित कुमार स्याङबाले रचना गरेका हुन ।

चलचित्रको धेरै दृश्यहरु सिन्धुपाल्चोकको रमणीय स्थलहरु तातोपानी, डल्लेपोखरी, बलेफी डाँडागाउँ, धुस्कोट, बाह्रबिसे, मुडे लगायत ठाउँहरुमा छायांकन गरिएको छ भने काठमाडौं वरपरका दृश्यहरुलाई पनि समेटिएको छ ।

थप समाचारहरु