TFF Form Downlaod

Download PDF Format : Download PDF Form
Download Word Format : Download Word Form

Please kindly download, fill accordingly and send us into the following mailing address. Thank You!

Email : tamangvoice@gmail.com festival.tamangfilm@gmail.com

Contact +977 9841 813550 | +977 9862 652525 +977 9818 884197 | +977 9840 353067

नियम तथा सर्तहरु

लघु चलचित्रमा सहभागी हुनको निमित्त तल उल्लेखित सर्त तथा नियमहरु पालना गर्नुपर्ने हुन्छ :-

१)    तामाङ समुदाय भित्रको बिषय बस्तुमा आधारित हुनुपर्नेछ, जस्तै, भाषा, सस्कार, सस्कृती, भेषभुसा, शिक्षा, राजनीतिक इत्यादि ।

२)    तामाङ समुदायप्रति नकारात्मक असर पार्ने बिषयबस्तु उठाउन पाइने छैन ।

३)    आंशिक रुपमा तामाङ समुदायलाई शिक्षा दिने बिषयबस्तु हुनुपर्ने छ ।

४)    कुनै पनि समाज, जाति, धार्मिक आस्थाप्रती ठेस नपु¥याएको हुनुपर्नेछ ।

५)    मोबाइलबाट छायांकन गरेको भए पनि हुने तर भिडियो क्वालिटी एडी (HD) फ्रेम हुनु पर्नेछ ।

६)    चलचित्रको समय अवधि धेरैमा ४० मिनेट सम्मको हुनेपर्नेछ ।

७)    गैर तामाङले पनि सहभगिता जनाउन पाइनेछ ।

८)    चलचित्रमा जुन सुकै भाषा प्रयोग भए पनि पहिचानलाई प्राथमिकतामा राख्दै तामाङ परिवेश झल्केको हुनुपर्नेछ ।  चलचित्र भएमा यस्तो चलचित्र पनि विषयवस्तु र शर्तभित्र भएमा सहभागिता गर्न पाउनेछ

 

९)    नोमिनेशनमा परेको चलचित्र फेस्टिवल भन्दा अगाडि रद्द गर्न पाइने छैन

१०)   नोमिनेशन ओउट हुनु भन्दा अगाडि फोरम फिर्ता लिन पाइनेछ तर पैसा फिर्ता लिन पाइने छैन

११)   प्रतियोगिताको लागि  प्रतेक  चलचित्रको आबेदन सुल्क रु. १००० लाग्ने छ |

 

सहभागी लघु चलचित्रको छनौट 🙁Selection Method)

  • तामाङ आवाज (Tamang Voice) ले नियुक्त गरेको समितिले नै चलचित्रको छनौट चयन गर्नेछ |
  • तामाङ आवाजले नियुक्त गरेको समितिको निर्णय नै अन्तिम निर्णय हुने छ | कुनै पनि निर्णयमा कानूनी दाबी गर्न पाउने छैन |
  • चलचित्र अभिलेखले कुनै पनि टिप्पणी वा कारण बारे खुला नगर्ने अधिकार सुरक्षित् गर्नेछ |
  • एक पटक चयन गरिएको चलचित्र फिर्ता गरिने छैन |

सहभागी लघु चलचित्रको सुइकृति (Submission)

  • तामाङ समुदायको कथावस्तुमा प्रतियोगिता सहभागी लघु चलचित्र केन्द्रित हुनुपर्ने |
  • तामाङ आवाजले वितरण गरिएको आवेदन फारम भरेको चलचित्रलाई मात्र महोत्सबमा समाबेस गरिने छ |
  • लघु चलचित्र आवेदन बुझाउने अन्तिम मितिभित्र बुझाएको लघु चलचित्रलाई मात्र महोत्सबमा सहभागी गराइने छ | साथै इच्छुकले आवेदनको अन्तिम मिति नाघेपछि दोब्बर दस्तुर तिरेर सिमित अबधिको लागि आवेदन भर्न पाउने छ |
  • तामाङ भाषाको लघु चलचित्रमा नेपाली भाषा वा अंग्रेजी भाषाको सब टाइटल राखिएको हुनुपर्नेछ |
  • चलचित्र तयारी गर्दाको मिति र सम्पन्न मिति उल्लेख गर्नुपर्नेछ |

* Note  यदी चलचित्र YouTube र अन्य माध्यममा राखिएको छ तर बिषयबस्तु राम्रो छ र महोत्सबमा प्रस्तुत गर्न चाहनु हुन्छ भने प्रतिस्पर्धामा नभई छुट्टै प्रस्तुत गर्न पाउनु हुनेछ सो जानकारीको लागि आयोजकलाई सम्पर्क गर्नुहोला |

सहभागी लघु चलचित्रका मापदण्डहरु ( Criteria of short film  )

  • फागुन ३०, २०७५ (15st March 2019) भन्दा अगाडी बनेको लघु चलचित्र हुनु पर्ने छ |
  • चलचित्रको कथा र बिषयबस्तु तामांग समुदायमा आधारित सकारात्मक र संदेश मुलक हुनुपर्नेछ |
  • तामाङ तथा गैरतामाङ स्वदेशी तथा विदेशीले बनाएको चलचित्रले महोत्सबमा सहभागी हुन पाउनेछ |
  • तामाङ जातिको मौलिक सस्कार, सस्कृति, ज्ञान, तथा जागरण र राम्रा आभ्यासहरु कथाबस्थुमा समेटिएको हुनुपर्नेछ |

www.tamangvoice.com | www.tamangfilmfestival.com  | www.scrcnepal.com