×

ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव माधव नेपालद्वारा अस्वीकार

तामाङ आवाज


१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोजभित्रै महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेपछि पूर्वएमाले समूहबीच समझदारीको प्रयास विफल भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेको नेकपा स्रोतले जनाएको छ ।


तर, नेपालले उधारोमा सहमति नहुने र असोजमा महाधिवेशन गर्न कुनै पनि हालतमा सम्भवसमेत नभएको भन्दै सो प्रस्ताव ठाडै अश्वीकार गरेको नेपालनिकट एक नेताले बताए ।

नेकपाका संगठित सदस्यको संख्यासमेत यकिन नभएको अवस्थामा अर्ली महाधिवेशन असम्भव नेपाल पक्षको भनाइ छ ।

पूर्वमाओवादी पक्षले आफ्ना सदस्यहरुको विवरणसमेत अहिलेसम्म संगठन विभागलाई दिन सकेको छैन । ओली र माधव नेपाल मिलेर गर्ने ‘अर्ली महाधिवेशन’ मा प्रचण्डले सहमति जनाउने सम्भावना नहुने ती नेताले बताए ।

उनले भने, ओली कमरेडले असोज वा मंसिरमा महाधिवेशन गर्ने र माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव ल्याउनुभएको हो, तर त्यो भनेको अहिलेको संकट टार्ने मेलोमात्र हो । न त यति चाँडै महाधिवेशन गर्न सम्भव छ, न त पूर्वएमालेले मात्रै चाहेर प्रचण्डलाई सहमतिमा नलिई हुन सक्छ ।

माधव नेपालले ओलीसँग सहमतिका लागि दुईमध्ये एक पद छाड्नुपर्ने बटमलाइन दिएका छन् ।

बालुवाटारमा ओलीसँगको छलफल अघि सोमबार नेपाल निवासमा बसेको दुई पक्षको बैठकमा नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव सुनाएका थिए । तर, माधव पक्षका नेताहरुले अर्ली महाधिवेशनको प्रस्ताव खारेज गरेको स्रोतले जनाएको छ ।

ओलीले अध्यक्ष पद छाडेमा प्रधानमन्त्रीबाट नहटाउने नेपाल पक्षको संकेत थियो ।

यदि केपी ओली सहमतिमा नआउने हो भने प्रचण्ड पक्षसँग मिलेर हटाउने तयारी नेपाल पक्षको छ । ओलीले भने अहिले अध्यक्ष छाड्दा आफूमाथि कारवाही गरेको सन्देश जाने भएकाले केही महिना पर्खिन आग्रह गरेको स्रोतले जनाएको छ ।

अर्कोतर्फ नेपाललाई अध्यक्ष छाड्दा प्रचण्ड पहिलो वरियतामा रहने र त्यसले एमाले ठूलो पार्टी माओवादीभन्दा तल परेको सन्देश जाने तर्कसमेत ओली पक्षका नेताहरुले गरेका छन् । नेपाल पक्षले भने ओलीले अध्यक्ष छाड्ने हो भने बरियतामा प्रचण्डलाई कन्भिन्स गर्न सकिने बताइरहेका छन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले आफू दबाव र अप्ठेरोमा परेर दुवै पद नछाड्ने संकेत गरेका छन् । निकट नेताहरुसँगको कुराकानीमा दुवै पद छाड्नुपर्ने कारण नरहेको भन्दै सहमति नहुँदा परिस्थितिको सामना गर्ने बताएका छन् । मंगलबार प्रचण्डसँगको भेटमा पनि ओलीले यही कुरा बताएको स्रोतले जनाएको छ ।

केपी ओली वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउनेदेखि सचिवालयको संख्या बढाउनसमेत सहमत छन् । मन्त्रिपरिषद पुनर्गठन र कतिपय मुख्यमन्त्री परिवर्तन गर्नसमेत ओली पक्ष सहमत भए पनि अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने उनको अडान छ ।

नेपाल पक्षधर नेता भन्छन्, मूल समस्या नै केपी ओलीमा छ । माधव नेपालको व्यवस्थापन नभई अरु मुख्यन्त्री वा मन्त्री हटाउने सहायक कुरामा हामी जानै चाहेका छैनौं । केपी ओलीबाट सिर्जित समस्या डोरमणि पौडेल हटाएर समाधान हुँदैन ।


सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार