×

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

तामाङ आवाज


१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

 
अपडेटः २०७७ वैशाख १७ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
आइतबार वीरगञ्‍जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज-१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको पनि रिपोर्ट पोजेटिभ भएको आएको छ ।

यस्तै, बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।


सम्बन्धित खवर

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै...
२५ असार २०७७, बिहीबार

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे...
२४ जेष्ठ २०७७, शनिबार

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित
२२ जेष्ठ २०७७, बिहीबार

विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल : लकडाउन...
२१ जेष्ठ २०७७, बुधबार

विवादित खरिद प्रक्रियालाई वैधानिकता दिने गरी खरिद ऐन...
२१ जेष्ठ २०७७, बुधबार

काठमाडौंमा बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने...
२१ जेष्ठ २०७७, बुधबार

संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा संविधान...
२१ जेष्ठ २०७७, बुधबार

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा...
२१ जेष्ठ २०७७, बुधबार

शव व्यवस्थापनसम्बन्धी संशोधन : अन्य रोगीलाई कोरोनाबाट...
२१ जेष्ठ २०७७, बुधबार