×

धनगढीमा कोरोनाका परीक्षणको उपकरण जडानमा ढिलाइ

तामाङ आवाज


२८ चैत, कैलाली । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा परीक्षणको लागि ल्याइएको अत्याधुनिक उपकरण जडानमा ढिलाइ भएको छ ।

बुधबार बिहान संघीय सरकारले आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पठाएको थियो ।

 


नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको उक्त उपकरण तीन दिन सम्म पनि जडान हुन सकेको छैन । उपकरणका लागि आवश्यक अन्य सामाग्री नहुँदा जडान गर्न ढिलाइ भइरहेको मोलिकुलर माइक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकले बताए ।

‘हामीले यो आउनु भन्दा पहिले नै यसका लागि अन्य के के चहिन्छ त्यो सबै जनकारी दिएका थियौं’ उनले भने, ‘ती सबै वस्तु आएका छैनन् । त्यसैले जडान गर्न ढिलाइ भइरहेको हो ।’

आरटीपीसीआर मेसिनका लागि १२ देखि १४ अन्य सामग्री आवश्यक पर्ने उनको भनाइ छ ।

‘आवश्यक सामग्री सबैको लिष्ट मन्त्रालयलाई बुझाएका छौँ । सबै नहुँदासम्म जडान गर्न नसकिने भएकाले काम रोकिएको हो’ उनले भने, ‘केही आयो, केही आउँदैछ ।’

शुक्रबार साँझसम्म सामान पुगे तत्काल जडान सुरु गरेर परीक्षण सुरु गरिने उनले जानकारी दिए । उक्त उपकरणले दैनिक दुई सय ७० जनाको परीक्षण गर्न सक्ने उनले बताए ।

‘चार घण्टामा ९० जनाको परीक्षण गर्ने उपकरण हो’ उनले भने, ‘यसबाट दैनिक २७० भन्दा बढिको परीक्षण गर्न सकिने छ ।’

आरटीपीसीआर मेसिनले परीक्षण तीब्र हुने र त्यसबाट संक्रमित भएको वा नभएको पहिचान गर्न सहज अपेक्षा गरिएको छ ।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।


सम्बन्धित खवर

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै...
२५ असार २०७७, बिहीबार

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे...
२४ जेष्ठ २०७७, शनिबार