×

बालबालिकाको मुद्दामा सहयोग गर्न रसुवा अदालतमा तोकियो बालमनोविज्ञ

तामाङ आवाज


लाङटाङ खबर ३० बैशाख २०७७, मंगलवार !

बालबालिकासम्बन्धी मुद्दा हेर्न रसुवा जिल्ला अदालतमा बालमनोविज्ञ तोकिएको छ ।

विगत सात वर्षदेखि बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्दै आएकी सुनितामाया गुरुङलाई रसुवा जिल्ला अदालतको बालमनोविज्ञको रूपमा तोकिएको हो ।

गत मंसिरमा जिल्लामा स्नातक तह पास गरेकामध्येबाट गुरुङलाई रसुवा जिल्ला अदालतको बालमनोविज्ञको रूपमा मनोनयन गरिएको थियो ।

मनोनयनपश्चात् उनलाई दुई महिना बालअधिकार तथा बाल न्यायसम्बन्धी काठमाडाैंमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षण सकेपछि उनलाई गत माघ पहिलो साता रसुवा अदालतको बालमनोविज्ञमा सूचीकृत गरिएको थियो । 

बालबालिकाको मुद्दामा बालबालिकाको मनोविज्ञान अध्ययन गरी बालबालिकाको सर्वाेत्तम हित हेरेर बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६ ले तोकेको ढाँचामा प्रतिवेदन बुझाउने र बाल इजलासमा न्यायाधीशससमक्ष आफनो राय प्रतिवेदन पेस गर्नुपर्नेछ । 

बालमनोविज्ञ तोकिएसँगै जिल्ला अदालतमा आउने बालबालिकाको मुद्दा फैसला गर्नका लागि सहज भएको रसुवा जिल्ला अदालतले जनाएको छ ।

साभार: नयाँ पत्रीका, रसुवा अनु आचार्य

सम्बन्धित खवर

कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य स्थगित
१६ बैशाख २०७८, बिहीबार

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !
१६ बैशाख २०७८, बिहीबार

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार