काठमाडौं बाहिर जान दिने निर्णय सही थियो : जनमोर्चा
२८ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकालाई घर जान दिने सरकारको निर्णय सही भएको प्रतिक्रिया जनाएको छ ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकारले दुई दिनका लागि यातायात खुला गर्ने जुन निर्णय गरेको थियो, त्यो सही थियो ।’