×

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

तामाङ आवाज


२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।

यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग बताए ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।

बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्‍याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।


सम्बन्धित खवर

बालबालिकाको मुद्दामा सहयोग गर्न रसुवा अदालतमा तोकियो...
३० बैशाख २०७७, मंगलवार

एकैदिन ५७ जनामा काेराेना संक्रमण पुष्टि,नेपालमा...
३० बैशाख २०७७, मंगलवार

काठमाडौंमा बस्ने रसुवाका जनतालाई माननीय मोहन आचार्य...
३० बैशाख २०७७, मंगलवार

असम्भव छैन नेपाल-भारत सीमा समस्याको समाधान
३० बैशाख २०७७, मंगलवार

भारतमा लकडाउन खुकुलो हुँदा दशगजामा नेपालीको चाप
३० बैशाख २०७७, मंगलवार

आजबाट काठमाडौंमा लकडाउन खुल्यो ?
२९ बैशाख २०७७, सोमबार

सडक संचालन भएको एक बर्ष पछि मुआब्जा माग गर्दै बिज सडकमा ...
२९ बैशाख २०७७, सोमबार

कति लाख नेपालीले गुमाउलान् रोजगारी ?
२७ बैशाख २०७७, शनिबार

भारतले क्वारेन्टाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे
२७ बैशाख २०७७, शनिबार