×

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

तामाङ आवाज


२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।

यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग बताए ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।

बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्‍याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।


सम्बन्धित खवर

बुद्ध जयन्ती मनाउने अवस्था रहेन, घरमा दीपावली गरौं :...
२५ बैशाख २०७७, बिहीबार

प्रधानमन्त्री ओली ‘थाकेपछि’ स्थायी कमिटी बैठक रोकियो
२५ बैशाख २०७७, बिहीबार

वीरगञ्जका एकै परिवारका १७ जनालाई कोरोना संक्रमण, दुई...
२५ बैशाख २०७७, बिहीबार

लकडाउन जेठ ५ सम्म लम्ब्याइयो, विकास निर्माण र उद्योग...
२५ बैशाख २०७७, बिहीबार

रसुवामा खोलाले बगाएर एक जना युवा बेबत्ता !
२४ बैशाख २०७७, बुधबार

चीनबाट स्वास्थ्य सामग्री ल्याउन किन भइरहेको छ ढिलाइ ?
२३ बैशाख २०७७, मंगलवार

एक लाखभन्दा बढी आउटसोर्सिङ कामदारले गुमाए रोजगारी
२३ बैशाख २०७७, मंगलवार

भारतबाट नेपाली नल्याऔं, कोरोना भित्रिनसक्छ :...
२१ बैशाख २०७७, आईतवार

प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेवलाई...
२० बैशाख २०७७, शनिबार