×

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

तामाङ आवाज


२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले अनलाइनखबरलाई जानकारी दिएको छ ।

सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।

यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग बताए ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।

बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्‍याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।


सम्बन्धित खवर

थप तीन जनामा कोरोना संक्रमण पुष्टि
१७ बैशाख २०७७, बुधबार

ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव माधव नेपालद्वारा...
१६ बैशाख २०७७, मंगलवार

काठमाडौं छाड्नेको ताँती (फोटो फिचर)
३० चैत्र २०७६, आईतवार

‘काठमाडौंबाट कसैलाई नपठाऊ, भारतबाट कसैलाई आउन नदेऊ’
२९ चैत्र २०७६, शनिबार

उच्चस्तरीय संयन्त्रले नेकपामा हलचल, कानुन मन्त्रीले...
२९ चैत्र २०७६, शनिबार

लकडाउनबाट कहिले मुक्ति पाउला विश्वले ?
२९ चैत्र २०७६, शनिबार

लकडाउन थप्न सजिलो, तर थाम्न ?
२९ चैत्र २०७६, शनिबार

प्रधानमन्त्रीले भने-लकडाउन तत्काल हट्दैन, छुट्टै...
२९ चैत्र २०७६, शनिबार

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौँ’ डा....
२९ चैत्र २०७६, शनिबार