×

होटलमा काम गर्ने ११ लाखको रोजगारी संकटमा छ : व्यवसायी

तामाङ आवाज


२८ चैत, काठमाडौं । होटल ब्यवसायीले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण नेपालमा ११ लाख मानिसको रोजगारी संकटमा परेको बताएका छन् ।

उनीहरुले कोभिड १९ का कारण होटल ब्यवसाय सबैभन्दा बढी समस्यामा परे पनि सरकारले आफूहरुको समस्या सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।

 


खर्बौं लगानी रहेको होटल क्षेत्र बन्द भई धरासायी हुने निश्चितप्रायः रहेको अवस्थामा अझै पनि सरकारबाट उचित सम्बोधन हुन नसकेको होटेल संघ नेपाल (हान) ले उल्लेख गरेको छ ।

वर्तमान जटिल र भयावह अवस्थामा राज्यबाट उपलब्ध गराइने भनिएका राहत तथा सेवा सुविधा पर्यटनमैत्री नरहेको भन्दै हानले यसबाट होटेल व्यवसायी निराश भएको उल्लेख गरेको छ ।

वर्षेनी करोडौं राजस्व तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र कूल गार्हस्थ उत्पादनमा समेत कम्तीमा पनि ८ प्रतिशतको योगदान गरिरहेको यस क्षेत्रलाई उपेक्षा नगर्न व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । होटल क्षेत्र धरासायी हुदा करीव ११ लाख मानिसको प्रत्यक्ष रोेजिरोटी गुम्नेतर्फ पनि उनीहरुले सचेत गराएका हुन् ।

यस कठिन परिस्थितिबाट होटल उद्योगलाई संरक्षण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनु राज्यको पनि दायित्व रहेको व्यवसायीले बताएका छन् । होटल उद्योगमा आश्रित श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक व्यवस्थापन होटल प्रतिष्ठानबाट मात्र सम्बोधन हुने नसक्ने भन्दै उनीहरुले श्रमिक तथा कर्मचारीको जिम्मा सरकारले पनि लिनु पर्ने बताएका छन् ।


सम्बन्धित खवर

तामाांग समाज नेदरल्याण्डको सस्थागत गठन - अध्यक्षमा श्री...
२१ मंसिर २०७७, आईतवार

संक्रमणको जोखिममा उपत्यका, निषेधाज्ञा लगाएर के गर्दैछ...
१३ भाद्र २०७७, शनिबार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि…
६ भाद्र २०७७, शनिबार

कविताको बाँसुरीमा माटोको धुन !
६ भाद्र २०७७, शनिबार

तामाङ समाज नेपालको प्रथम साधारण सभा सम्पन्न
२२ श्रावण २०७७, बिहीबार

गुठीद्घारा फ्रन्टलाइनमा खटेका पत्रकारलाई स्वास्थ्य...
१४ श्रावण २०७७, बुधबार

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक...
२५ असार २०७७, बिहीबार

सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै...
२५ असार २०७७, बिहीबार

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिकाे...
२४ जेष्ठ २०७७, शनिबार