×

मध्यभोटेकोशी हाइड्रोपावरमा क्षति, एक चिनियाँ प्राविधिक वेपत्ता

तामाङ आवाज


२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले बाढीले अरबौंको क्षति भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा बाढी पसेको छ । धेरै उपकरणहरु बगाएको छ ।’

काफ्लेका अनुसार आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । सो स्थानमा नीलो जस्ताको छानो भएको सेडमात्र देखिन्छ ।

सीईओ काफ्लेले भने, ‘२०७३ सालमा पनि यहाँ ठूलो बाढी आएको थियो, त्यतिबेला धानेको थियो । तर, यसपटक बाढीले ठूलो क्षति पु¥यायो ।’

मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन । सीईओ काफ्लेले अनलाइनखबरसँग भने, ‘पावर हाउसमा ढुंगा माटो भरिएकाले सबैसफा गर्नुपर्ने चुनौती छ । धन्न पावर हाउस भत्किएन, यो ठूलो उपलब्धी हो ।’


सम्बन्धित खवर

थप तीन जनामा कोरोना संक्रमण पुष्टि
१७ बैशाख २०७७, बुधबार

ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव माधव नेपालद्वारा...
१६ बैशाख २०७७, मंगलवार

काठमाडौं छाड्नेको ताँती (फोटो फिचर)
३० चैत्र २०७६, आईतवार

‘काठमाडौंबाट कसैलाई नपठाऊ, भारतबाट कसैलाई आउन नदेऊ’
२९ चैत्र २०७६, शनिबार

उच्चस्तरीय संयन्त्रले नेकपामा हलचल, कानुन मन्त्रीले...
२९ चैत्र २०७६, शनिबार

लकडाउनबाट कहिले मुक्ति पाउला विश्वले ?
२९ चैत्र २०७६, शनिबार

लकडाउन थप्न सजिलो, तर थाम्न ?
२९ चैत्र २०७६, शनिबार

प्रधानमन्त्रीले भने-लकडाउन तत्काल हट्दैन, छुट्टै...
२९ चैत्र २०७६, शनिबार

‘एक महिनाअघि भारत जुन ठाउँमा थियो, हामी त्यहीँ छौँ’ डा....
२९ चैत्र २०७६, शनिबार