नेपाल तामाङ शैक्षिक परामर्श संघको कार्यसमिति गठन, अध्यक्षमा कुलदास मोक्तान
काठमाडौं । नेपाल तामाङ परामर्श संघको कार्यसमिति गठन भएको छ । काठमाडौंको स्वयम्भुस्थित तामाङ रेष्टुरेन्ट ‘कुदाप’मा बसेको बैठकले समिति गठन गरेको छ । संघको कार्यसमिति अध्यक्षमा कुलदास मोक्तान, उपाध्यक्षमा अमरजंग लामा र बिनोद लामा, महासचिवमा लाल बहादुर तामाङ, सचिव महेन्द्र तामाङ, प्रेम बहादुर तामाङ, कोषाध्यक्षमा उषा लामा, सदस्यहरु जीवन लामा, मनकुमार तामाङ, प्रणेश घिसिङ, साङ्गे लामा चयन भएका छन् । विभिन्न सिलसिलामा विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिने काम कार्यसमितिको प्रमुख उद्देश्य रहेको जनाएको छ ।