त्रिशुली समाज यु ए ई र तामाङ आवाज टिम बिच एक बिशेष भेटघाट तथा सम्मान ।
त्रिशुलि समाज यु ए ई ले तामाङ आवाज द्वारा तामाङ समुदयको निमित दिएको योगदानको उच्च मुल्याङ्कन गर्दै तामाङ आवाजको मनोवल बृद्धिको निमित २८५७ सोनाम ल्होछार पारि केही आर्थिक सहयोग गर्दै आगामी दिनहरुमा पनि निरन्तर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बर्गरहाउस गंगाबुमा सम्पन्न उक्त बिशेष कार्यक्रममा समाजको तर्फवाट कार्यसमिति सदस्य राज वीर वाईबा(बुद्धिमान तामाङ)र सञ्जु तामाङले गर्नु भएको थियो भने निवर्तमान सदस्य द्वय बुद्धिमान तामाङ र अजय तामाङको पनि उपस्थिति थियो। उक्त भेटाघाटको अबसरमा तामाङ आवाजको टिमले त्रिशुली समाजका प्रधिनिधिहरुलाई खादालगाई दिएर स्वागत गरियाे ।